सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा, कैलाली प्रशासनको सेवा विस्तार

Image
Nisarga Hospital

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्ष सुरु भएयता परिचयपत्रका लागि बायोमेट्रिक (फोटो खिच्ने) र कार्ड वितरण सेवामा अत्यधिक भीड बढेपछि सेवा अवधि विस्तार गरिएको हो।

CP Hospital Dhangadhi

प्रशासन कार्यालयका अनुसार साउन ८ गतेदेखि शनिबार र आइतबारबाहेक सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बायोमेट्रिक सेवा सञ्चालन हुनेछ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–६, कैलारी गाउँपालिका–७ तथा गोदावरी नगरपालिकाका वडा कार्यालयमार्फत विवरण दर्ता गराएका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र कार्ड बुझ्न आग्रह गरिएको छ।

कार्यालयका अनुसार २०८० भदौ मसान्तसम्म विवरण दर्ता गराएका सेवाग्राहीका कार्ड प्राप्त भइसकेका छन्। त्यस अवधिमा विभिन्न आन्दोलनका कारण वितरण हुन नसकेका कार्ड सम्बन्धित व्यक्तिले स्वयं उपस्थित भएर लिनुपर्ने जनाइएको छ।

प्रशासनकीय अधिकृत यादव भण्डारीद्वारा जारी सूचनामा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बिदामा समेत सेवा सञ्चालन गरिएको उल्लेख गरिएको छ।

Dhnagadhi & Krishanapur