गोदावरीमा २१० मिलिग्राम ब्राउन हेरोइनसहित २९ वर्षीय युवक पक्राउ

Image
Brawan sugar
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट प्रहरीले २१० मिलिग्राम ब्राउन हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शनिबार साँझ करिब ४ बजे विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा गोदावरी–१ निवासी २९ वर्षीय नविन रावल पक्राउ परेका हुन्।

Attariya Hospital

प्रहरीले उनको साथबाट सेतो प्लास्टिकमा लुकाइराखिएको २१० मिलिग्राम ब्राउन हेरोइन बरामद गरेको जनाएको छ। लागूऔषधसहित रावललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan