
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–४ स्थित हाटखोलीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

शनिबार पौडी खेल्ने क्रममा डुबेका जोशीपुर गाउँपालिका–२ घर भई धनगढीमा डेरा गरी बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

































