बैतडी समाज कैलालीद्वारा विभिन्न क्षेत्रका विज्ञलाई सल्लाहकारको जिम्मेवारी

Image
Nisarga Hospital

धनगढीः बैतडी समाज कैलालीले संस्थाको गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्वलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।

CP Hospital Dhangadhi

समाजले बैतडी घर भई हाल कैलालीमा बसोबास गर्दै आएका डा. शिवराज भट्ट, डा. नरबहादुर मौनी, गजेन्द्रबहादुर चन्द, मदन बिष्ट र प्रकाशचन्द्र भट्टलाई सल्लाहकार सदस्यमा नियुक्त गरेको हो।

Attariya Hospital

यस्तै, वरिष्ठ अधिवक्ता प्रयागराज भट्टलाई कानुनी सल्लाहकार तथा शिवराज भट्टलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको समाजका महासचिव लोकेश भट्टले जानकारी दिए।

nawajiwan

महासचिव भट्टका अनुसार संस्थाको कार्यसम्पादनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै समाजका उद्देश्य तथा कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन अनुभवी र दक्ष व्यक्तित्वलाई सल्लाहकारको भूमिकामा ल्याइएको हो। समाजले आगामी दिनमा विभिन्न सामाजिक, शैक्षिक तथा विकासमुखी गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा पनि गरेको छ।