शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा कृष्णपुर नगरपालिकाको वृहत् सरसफाइ अभियान

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा कृष्णपुर नगरपालिकाले आइतबार वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ।

CP Hospital Dhangadhi

विश्वविद्यालय परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा नगर प्रहरीको सक्रिय सहभागितामा केही दिन यता सरसफाइ कार्यक्रम निरन्तर चलेको छ ।

कृष्णपुर नगरपालिकाका नगर हेमराज ओझाको नेतृत्वमा खटिएको टोलीले विश्वविद्यालय परिसरभित्र रहेका झाडी हटाउने, घाँस काट्ने, मैदान सफा गर्ने तथा जमिन सम्याउने काम गरेको नगरपालिकाले जनाएको छ। सरसफाइ अभियानका लागि डोजर, ट्याक्टरलगायतका हेभी उपकरणसमेत परिचालन गरिएको थियो।

nawajiwan
Attariya Hospital

विश्वविद्यालय प्रशासनले परिसर सरसफाइका लागि सार्वजनिक आह्वान गरेपछि कृष्णपुर नगरपालिकाले तत्काल सहयोग गर्दै आवश्यक जनशक्ति र उपकरणसहित अभियानमा सहभागिता जनाएको हो।

विश्वविद्यालय परिसरमा केही दिनयता निरन्तर सरसफाइको काम भइरहेको छ। यस अभियानले परिसरलाई सफा, सुरक्षित र अध्ययन तथा स्वास्थ्य सेवाका लागि थप उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नगरपालिकाले सार्वजनिक स्थल, शैक्षिक संस्था तथा सरकारी कार्यालय परिसरलाई स्वच्छ र व्यवस्थित राख्न यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। स्थानीय तह र विश्वविद्यालयबीचको सहकार्यले सामुदायिक उत्तरदायित्व तथा स्वच्छ वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।