
कैलालीको गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै ८० जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेका छन्।

आइतबार परेको जन्मदिनको अवसरमा गोदावरी ज्येष्ठ नागरिक समाजको भवनमा आयोजित कार्यक्रममा नगरभित्रका ८० जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको हो। कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूले भट्टको सामाजिक भावना र सम्मानपूर्ण व्यवहारको प्रशंसा गरेका थिए।

भट्टले जन्मदिनलाई औपचारिक रूपमा भव्य उत्सव मनाउनु भन्दा समाजप्रति आफ्नो दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताए। उनले ज्येष्ठ नागरिकप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले फलफूल वितरण गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीले पनि जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्ने भट्टको पहल प्रेरणादायी रहेको भन्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।































