अत्तरियामा सडक दुर्घटना न्यूनीकरणका लागि भव्य ट्राफिक डेमो, सचेतनामा जोड

Image
Nisarga Hospital

अत्तरिया:  कैलालीको अत्तरिया – धनगढी ६ लेन सडक खण्डमा सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले भव्य ट्राफिक डेमो प्रदर्शन गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी, दमकल, एम्बुलेन्स, बस, ट्रक, जिप, कार, अटो र मोटरसाइकलसहित विभिन्न सवारीसाधनको सहभागितामा दुर्घटना व्यवस्थापन, आपत्कालीन उद्धार तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी व्यावहारिक प्रदर्शन गरिएको थियो। डेमोमार्फत दुर्घटना हुँदा अपनाउनुपर्ने सावधानी, उद्धार प्रक्रिया तथा ट्राफिक नियमको पालना सम्बन्धी सन्देश प्रवाह गरिएको थियो।

oplus_0

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नवराज कार्की, ट्राफिक प्रहरी, गोदावारी नगरपालिकाका नगर प्रवक्ता गोपाल दत्त भट्ट, यातायात व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
दुर्घटना न्यूनीकरण अभियन्ता तथा चालक अमर बिष्टको सहयोगमा धनगढी–अत्तरिया छ लेन सडकमा जनचेतनामूलक बोर्ड तयार भएका छन्। केही दिनमै अत्तरिया शहीद गेट र चौराहामा जडान गरिनेछ।

oplus_0

nawajiwan

प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नवराज कार्कीले बढ्दो सवारी चापसँगै सडक अनुशासनको आवश्यकता अझ बढेको उल्लेख गर्दै ट्राफिक नियम उल्लङ्घन, तीव्र गति र लापरबाही नै अधिकांश दुर्घटनाको मुख्य कारण रहेको बताए। उनले नियम पालना, संयमित गति र जिम्मेवार चालक व्यवहार अपनाए दुर्घटना उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने धारणा राखे। साथै, ट्राफिक प्रहरी दण्डभन्दा पनि जनचेतनामार्फत सुरक्षित सडक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए।

Attariya Hospital
oplus_0

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सडक सुरक्षालाई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गरे अधिकांश दुर्घटना रोक्न सकिने बताए। यस्ता जनचेतनामूलक कार्यक्रमले नागरिकमा जिम्मेवार सडक संस्कृतिको विकास गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले सडक सुरक्षा अभियानमा आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए।

अत्तरियामा आयोजित सडक सुरक्षा तथा ट्राफिक डेमो कार्यक्रममा उनले तीव्र गति, लापरबाही र ट्राफिक नियम उल्लङ्घनका कारण अधिकांश सडक दुर्घटना हुने भएकाले सबै चालक, यात्रु तथा पैदलयात्रीले नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। सुरक्षित सडक संस्कृति निर्माणका लागि जनचेतना र जिम्मेवार व्यवहार अपरिहार्य रहेको उनको भनाइ रहेको थियो।