गेटामा एमबीबीएस तत्काल सुरु नभए अनशन बस्ने मेयर हमालको चेतावनी

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालु शैक्षिक सत्रदेखि गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन–अध्यापन सुरु नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

सोमबार डोटीको बुडरबाट फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित रहनुपरेको उल्लेख गर्दै अब सरकारले थप ढिलाइ गर्न नहुने बताएका छन्।

Attariya Hospital

मेयर हमालले यही शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु गरी ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। यी दुवै काम तत्काल कार्यान्वयन नभए आफू अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने चेतावनी दिएका छन्।

nawajiwan

यता, गेटास्थित विश्वविद्यालय सञ्चालनसम्बन्धी माग राख्दै प्राध्यापक डा. गोविन्द केसी गत बिहीबारदेखि अनशनरत छन्। उनले विश्वविद्यालयका हाल नियुक्त उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज, विश्वविद्यालयलाई पारदर्शी र विधिसम्मत ढंगले सञ्चालन तथा तत्काल एमबीबीएस अध्ययन र ३०० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग अघि सार्दै आएका छन्। मेयर हमालले पनि पदाधिकारीभन्दा सेवा र अध्ययन–अध्यापन सुरु हुनु नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।