अछाममा अटो दुर्घटना: तीन जना घाइते, एकको अवस्था गम्भीर

Image
Nisarga Hospital

अछाम: अछामको कमलबजार–मानसैन सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिकै ‘ओखडको रुख’ भन्ने स्थानमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा कमलबजार नगरपालिका–५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार कैलाका अनुसार घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर छ।

Attariya Hospital

घाइते तीनै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसैन पठाइएको छ। अटो चालकसहित अर्का एक यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिई घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

nawajiwan