अमेरिका–इरान तनावमा विराम, वार्ताको सम्भावना बलियो

Image
Nisarga Hospital

अमेरिका र इरानबीच पछिल्ला दुई दिनदेखि कुनै सैन्य आक्रमण नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै खाडी क्षेत्रमा बढेको सैन्य तनाव केही कम हुँदै कूटनीतिक वार्ताको सम्भावना बलियो बनेको विश्लेषण गरिएको छ।

CP Hospital Dhangadhi

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत माइक वाल्ट्जका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य तयारी कायम राख्दै कूटनीतिक समाधानलाई प्राथमिकता दिएका छन्। यता, इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथिका आफ्ना जवाफी आक्रमण हाललाई स्थगित गरेको जनाएको छ।

Attariya Hospital

होर्मुज जलमार्गमा बढेको तनावका कारण केही समय अवरुद्ध भएको कूटनीतिक प्रयास पुनः अघि बढ्ने संकेत देखिएको छ। अमेरिकाले लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरे पनि जुलाई २४, २५ र २६ का रातमा कुनै बमबारी नभएको जनाइएको छ। यसलाई दुवै देश फेरि वार्ताको टेबुलमा फर्किने सकारात्मक संकेतका रूपमा हेरिएको छ।

nawajiwan