१०० दिनको कार्यकालमा उपकुलपति डा. सुनिलकुमार जोशीका उल्लेखनीय उपलब्धि, विश्वविद्यालयले समात्यो विकासको गति

Image
Nisarga Hospital

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले पदभार ग्रहण गरेको पहिलो १०० दिनमै विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक तयारी, पूर्वाधार सुधार र स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्। २०८२ पुस २३ गते पदभार ग्रहण गरेपछि विश्वविद्यालयले नेतृत्व स्थापना, विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको आधार तयार, जनशक्ति व्यवस्थापन, नियमावली निर्माण, बजेट सुनिश्चितता तथा प्रशासनिक प्रणाली सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

पहिलो १०० दिनका प्रमुख उपलब्धिहरू

  • उपकुलपति र रजिस्ट्रारको नियुक्तिसँगै विश्वविद्यालयको नेतृत्व स्थापना।
  • विश्वविद्यालयको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइयो।
  • प्रशासनिक भवन, आवास व्यवस्थापन र पूर्वाधार सुधारको काम अघि बढाइयो।
  • विश्वविद्यालय परिसरमा सरसफाइ तथा व्यवस्थापन अभियान सञ्चालन गरियो।
  • एमबीबीएस, बीडीएस, बीएससी नर्सिङलगायतका पाठ्यक्रम मस्यौदा तयार गरियो।
  • चिकित्सा शिक्षा आयोगमा सेल्फ–अप्रेजल फाराम पेश गरियो।
  • आर्थिक वर्ष २०८३/८४ देखि नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको प्रारम्भिक योजना सार्वजनिक गरियो।
  • शिक्षक तथा कर्मचारी नियमावलीको मस्यौदा तयार गरियो।
  • आर्थिक कार्यविधि, खरिद तथा वित्तीय उत्तरदायित्व नियमावली तयार गरियो।
  • अनुसन्धान केन्द्र, विषय समिति तथा अन्य नीतिगत नियमावलीको मस्यौदा निर्माण गरियो।
  • विश्वविद्यालयको सांगठनिक संरचना, झण्डा र छापको मस्यौदा तयार गरियो।
  • ओएण्डएम (O&M) प्रतिवेदन तयार गरी सिनेटबाट पारित गरियो।
  • ७७ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागि विज्ञापन खुलाइयो।
  • करार शिक्षक छनोट कार्यविधि तयार गरियो।
  • गेटा मेडिकल कलेजको बजेट र सम्पत्ति हस्तान्तरण प्रक्रिया अघि बढाइयो।
  • चालु आर्थिक वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट प्रस्ताव पेश गरियो।
  • विद्यार्थीका लागि ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न ७ करोड ३९ लाख रुपैयाँको पहल गरियो।
  • विश्वविद्यालय सभा, कार्यकारी परिषद् र विभिन्न समितिहरू गठन गरियो।
  • शिक्षण अस्पताल स्तरोन्नति, प्रयोगशाला, टेलिमेडिसिन र क्याथ ल्याब सञ्चालनको योजना अघि बढाइयो।
  • नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारी अस्पतालसँग सहकार्य विस्तारको प्रक्रिया सुरु गरियो।

उपकुलपति जोशीले आगामी चरणमा पठनपाठन नियमित सञ्चालन, पाठ्यक्रम कार्यान्वयन, आधुनिक स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी प्रशासनिक प्रणाली विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।