युद्धविरामपछि तेल बजारमा ठूलो गिरावट, विश्व अर्थतन्त्रमा राहतको संकेत

Image
Nisarga Hospital

अमेरिका र इरानबीचको तनाव अस्थायी रूपमा कम भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य ११.३ प्रतिशत घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा पुगेको भने अमेरिकी डब्लुटिआई कच्चा तेल ७ प्रतिशत घटेर ८२.६१ अमेरिकी डलरमा कारोबार भएको छ। यो अप्रिल ८ यताकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आग्रहमा सैन्य आक्रमण रोकिएको बताएका छन्। यद्यपि नयाँ युद्धविराम सम्झौता असफल भए पुनः आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

युद्धविराम भए पनि विश्वकै प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत अझै सामान्य अवस्थामा फर्किएको छैन। साथै, इरान समर्थित हुथी विद्रोहीबाट बाब अल–मन्देब क्षेत्रमा तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने जोखिमले बजारमा अनिश्चितता कायमै रहेको विश्लेषकहरूको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसबीच अमेरिकी सेयर बजारमा मिश्रित कारोबार देखिएको छ। डाउ जोन्स र एस एन्ड पी ५०० सूचकांक सामान्य रूपमा बढ्दा प्रविधिमुखी नास्डाक भने सामान्य गिरावटसहित बन्द भएको छ। युद्धविराम कायम रहने वा नहुने अवस्थाले आगामी दिनमा विश्व ऊर्जा बजारको दिशा तय गर्ने विश्लेषण गरिएको छ।

Dhnagadhi & Krishanapur