सरसफाइ अभियानमा अत्तरिया उद्योग वाणिज्य संघको ऐक्यबद्धता, निजी क्षेत्रको सक्रिय सहभागिता

Image
Nisarga Hospital

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेको सरसफाइ अभियानमा अत्तरिया उद्योग वाणिज्य संघले पनि सक्रिय सहभागिता जनाएको छ। विश्वविद्यालयको आह्वान र गोदावरी नगरपालिकासँगको समन्वयमा संघ अभियानमा सहभागी भएको हो।

CP Hospital Dhangadhi

Attariya Hospital

संघका अध्यक्ष कमल कडायतले सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रले पनि सार्वजनिक अभियानमा ऐक्यबद्धता जनाउनुपर्ने उद्देश्यले पदाधिकारी तथा व्यवसायीहरू सरसफाइमा सहभागी भएको बताए। उनले अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्था, विद्यालय तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरे।

nawajiwan

अध्यक्ष कडायतले करिब एक सातादेखि अभियान सञ्चालन भइरहे पनि सरसफाइ व्यवस्थापनमा केही प्राविधिक कमजोरी देखिएको टिप्पणी गरे। निजी क्षेत्रबाट उत्साहजनक सहभागिता भए पनि अपेक्षाअनुसार प्रभावकारी व्यवस्थापन हुन नसकेको उनको भनाइ छ। यद्यपि, समुदायको सक्रियता र अभियानप्रतिको जनसहभागिता भने प्रशंसनीय रहेको उनले बताए।