गेटा शिक्षण अस्पतालका निर्देशक डा. प्रमोद यादवको बिदाइ, नयाँ जिम्मेवारीमा रजिस्ट्रार चन्दलाई

Image
Nisarga Hospital

अत्तरियाः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालनमा रहेको गेटा शिक्षण अस्पतालका निर्देशक सह–प्राध्यापक डा. प्रमोद कुमार यादवलाई मंगलबार औपचारिक रूपमा बिदाइ गरिएको छ। अस्पतालले आयोजित कार्यक्रममा उनलाई सम्मानसहित विदाइ गरिएको हो।

CP Hospital Dhangadhi

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार राष्ट्रिय ट्रमा सेन्टरबाट काजमा गेटा अस्पताल आएका डा. यादव पुनः सोही संस्थामा फर्किएपछि बिदाइ गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०८१ चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनी गेटा अस्पतालको निर्देशक नियुक्त भएका थिए। यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए।

Attariya Hospital

सरकारले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत ल्याई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सो निर्णयसँगै अस्पतालको व्यवस्थापन संरचनामा परिवर्तन गरिएको छ।

nawajiwan

शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी अब विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई दिइएको छ। विश्वविद्यालय अन्तर्गत चिकित्सा शिक्षा विस्तार तथा स्वास्थ्य सेवा सुदृढीकरणको लक्ष्यका साथ नयाँ व्यवस्थापनले अस्पताललाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।