कञ्चनपुरको भाइरल रोडबाट तीन जना पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भाइरल रोडबाट प्रहरीले ३ ग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको डीएल ८ सीबीएल ०९२३ नम्बरको कार चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा दोधरा–चाँदनी नगरपालिका–१ का २८ वर्षीय नरेश मल्ल, २४ वर्षीय भीमसिंह धामी तथा भीमदत्त नगरपालिका–७ का ३१ वर्षीय देवेन्द्रबहादुर चन्द रहेका छन्।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता टेकबहादुर रावतका अनुसार शंकास्पद अवस्थामा रहेको कारमा तलासी गर्दा ३ ग्राम खैरो हिरोइन बरामद भएको हो। बरामद लागूऔषध र कार प्रहरीले नियन्त्रणमा लिएको छ।

nawajiwan

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।