धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ हुँदै, सुदूरपश्चिमका चर्चित कलाकारहरुको प्रस्तुति रहने

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षण, हास्यव्यंग्यमार्फत सामाजिक चेतना अभिवृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ बैजनाथ सञ्चार प्रालि ले ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गर्ने भएको छ। कार्यक्रमको मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

CP Hospital Dhangadhi

आयोजकका अनुसार कार्यक्रम आगामी भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा आयोजना हुनेछ। कार्यक्रममा सुदूरपश्चिमका चर्चित हास्से कलाकार र हास्यव्यंग्य कलाकार मनोज गजुरेल को विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा हास्यव्यंग्य नाटक, प्रहसन, गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा समसामयिक विषयमा आधारित व्यंग्य प्रस्तुतिहरू समावेश गरिनेछन। समाजमा विद्यमान भ्रष्टाचार, सामाजिक असमानता, महिला हिंसा, बालअधिकार, युवा पलायन तथा अन्य विकृति–विसंगतिलाई हास्यव्यंग्यको माध्यमबाट प्रभावकारी रूपमा दर्शकमाझ प्रस्तुत गरिने कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्ट ले जानकारी दिइन्।

nawajiwan

संस्कृति संरक्षण, सामाजिक चेतना अभिवृद्धि र स्थानीय कलाकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ भदौ १७ गते एसटीएस सिनेमा हलमा आयोजना

Attariya Hospital

उनका अनुसार गाईजात्रा केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजका विकृति र विसंगतिप्रति जनचेतना जगाउने प्रभावकारी सांस्कृतिक अभियान पनि हो। यस वर्षको कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

बैजनाथ सञ्चार प्रालिले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति तथा स्थानीय कलाकारलाई राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। यसअघि सम्पन्न पहिलो संस्करणले दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको भन्दै दोस्रो संस्करण अझ आकर्षक र प्रभावकारी हुने आयोजकको अपेक्षा छ।

कार्यक्रमको प्रवेश शुल्क एक हजार निर्धारण गरिएको छ भने विद्यार्थीहरूका लागि टिकटमा १० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक शुभेष पाठक ले जानकारी दिए।

आयोजकका अनुसार सुदूरपश्चिमका कलाकारलाई सम्मान र प्रोत्साहन गर्दै प्रदेशको सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ठूलो संख्यामा दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।