सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी तीव्र, खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्यमा सहमति भएपछि मन्त्रालय बाँडफाँटदेखि नयाँ मन्त्रिपरिषद् गठनसम्मका विषयमा शीर्ष तहमा छलफल भइरहेको छ। सहमतिअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने भएको छ भने संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित मानिएको छ।

CP Hospital Dhangadhi

सरकार गठनको अन्तिम तयारीका लागि भट्टसहित दुवै दलका प्रदेशस्तरीय नेताहरू काठमाडौंमा छन्। मन्त्रालयको भागबण्डा टुङ्गिएपछि सम्बन्धित दलहरूले आफ्ना मन्त्रीहरूको टुंगो लगाउने तयारी गरेका छन्।

हालका मुख्यमन्त्री कमलबहादुर शाह एमालेले समर्थन फिर्ता लिएपछि ३१ असारदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्। नयाँ सत्ता समीकरण बनेसँगै सरकार परिवर्तनको वातावरण बनेको हो। भट्ट यसअघि पनि मुख्यमन्त्रीका बलिया दाबेदार भए पनि राजनीतिक समीकरण परिवर्तनका कारण नेतृत्वमा पुग्न सकेका थिएनन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुई दलबीच मन्त्रालय बाँडफाँटमा सहमति भएपछि मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने तयारी गरिएको छ। संविधानअनुसार समर्थन फिर्ता लिइएको मितिदेखि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ।

५१ सदस्यीय प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी र एमालेसँग स्पष्ट बहुमत रहेकाले कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभए सुदूरपश्चिम प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री र मन्त्रिपरिषद् पाउने सम्भावना बलियो देखिएको छ।

Dhnagadhi & Krishanapur