वाइसिएल सुदूरपश्चिमद्वारा धनगढीमा रक्तदान कार्यक्रम, २१ जनाले गरे रक्तदान

Image
Nisarga Hospital

धनगढीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल सुदूरपश्चिम प्रदेश समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्त अभावका कारण उपचाररत बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले सोमबार धनगढीको पार्कमोडमा कार्यक्रम आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

वाइसिएल सुदूरपश्चिम प्रदेश संयोजक बसन्त कार्कीका अनुसार कार्यक्रममा २१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। पछिल्लो समय विभिन्न अस्पतालमा रगतको अभाव भइरहेका बेला यस्तो अभियानले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Attariya Hospital

कार्यक्रममा वाइसिएलका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, कार्यकर्ता र स्थानीय युवाको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

nawajiwan