‘अमेरिकाबिना इसराइल टिक्न सक्दैन’ : ट्रम्पको दाबी, नेतन्याहूसँग इरान केन्द्रित निर्णायक भेट

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको सहयोगबिना इसराइलको अस्तित्व टिक्न नसक्ने दाबी गरेका छन्। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग मंगलबार हुने उच्चस्तरीय भेटअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। अमेरिका–इसराइलले इरानमाथि संयुक्त सैन्य कारबाही गरेपछि दुई नेताबीच हुन लागेको यो पहिलो औपचारिक भेट हो।

CP Hospital Dhangadhi

मध्यपूर्वमा अमेरिका र इसराइलका रणनीतिक प्राथमिकतामा केही मतभेद देखिन थालेका बेला यो भेटलाई विशेष चासोका साथ हेरिएको छ। ट्रम्पले आफू र नेतन्याहूबीच सैन्य उद्देश्यमा “केही भिन्नता” रहेको स्वीकार गर्दै सम्बन्धमा तनावको संकेत पनि दिएका छन्। उनले अमेरिका धेरै देशप्रति अत्यधिक उदार बन्दै आएको उल्लेख गर्दै इसराइल अमेरिकाको सहयोगमा निर्भर रहेको दाबी गरे।

Attariya Hospital

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता नेतन्याहूसँग यो आठौं भेट हुनेछ। भेटमा मुख्य रूपमा इरानसँग सम्बन्धित सुरक्षा, क्षेत्रीय स्थायित्व र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेतन्याहूले पनि अमेरिका प्रस्थानअघि इरान नै बैठकको प्रमुख एजेन्डा हुने बताए पनि अन्य सबै महत्त्वपूर्ण क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा समेत कुराकानी हुने जानकारी दिएका छन्। यस भेटले मध्यपूर्वको सुरक्षा रणनीति र अमेरिका–इसराइल सम्बन्धको आगामी दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ।

nawajiwan