अत्तरिया उद्योग वाणिज्य संघको जग्गा विवाद समाधानका लागि सांसद कोइरालाको पहल गर्ने प्रतिबद्धता, मन्त्रिपरिषद्सम्म डेलिगेसन लैजाने आश्वासन

Image
Nisarga Hospital

अत्तरियाः  अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया क्षेत्रको दशकौँ पुरानो बस्ती, सार्वजनिक संरचना तथा उद्योग वाणिज्य संघको कार्यालय रहेको जग्गा संरक्षणको माग गर्दै कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइराला समक्ष ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

संघका अध्यक्ष कमल कडायत नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा गोदावरी नगरपालिका–२ उत्तर वनखेतमा २०४० सालदेखि बसोबास गर्दै आएका करिब ३०० घरधुरी, अत्तरिया उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, विद्यालय, मठमन्दिर तथा सार्वजनिक बाटोहरू सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीको भोगाधिकार क्षेत्रभित्र परेपछि स्थानीय बस्ती नै विस्थापित हुने जोखिम उत्पन्न भएको उल्लेख गरिएको छ।

nawajiwan

Attariya Hospital

ज्ञापनपत्रमा लामो समयदेखि चलनभोगमा रहेको जग्गामा अत्तरिया उद्योग वाणिज्य संघले स्थानीयवासी, उद्योगी–व्यापारी र विभिन्न निकायको सहयोगमा करिब दुई करोड रुपैयाँको लागतमा भवन निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको उल्लेख गर्दै उक्त जग्गा सम्बन्धित व्यक्ति तथा संस्थाकै नाममा कायम गराउन सरकारसँग पहल गरिदिन आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सांसद खेमराज कोइरालाले स्थानीयको जायज मागप्रति आफू गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित निकायसँग डेलिगेसनमा यहाँको टोलीसँग आफू पनि सहभागी हुने प्रतिबद्धता व्यक्त गरे। उनले विषयलाई मन्त्रिपरिषद्सम्म पुर्‍याई आवश्यक निर्णय गराउन पहल गर्ने आश्वासन समेत दिएका छन्।

सांसद कोइरालाको उक्त प्रतिबद्धतापछि स्थानीयवासी, उद्योगी–व्यापारी तथा संघका पदाधिकारीले वर्षौँदेखि अन्योलमा रहेको जग्गा विवाद समाधानतर्फ ठोस पहल हुने अपेक्षा व्यक्त गरेका छन्।