बिहीबारको व्रत : भगवान विष्णु र देवगुरु बृहस्पतिको कृपाले सुख, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्ममा बिहीबारलाई देवताका गुरु बृहस्पति तथा भगवान श्रीहरि विष्णुको आराधनाका लागि अत्यन्त शुभ दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत, पूजा र मन्त्रजाप गरेमा धन, विद्या, सन्तान, सुख–समृद्धि तथा पारिवारिक मंगल प्राप्त हुने धार्मिक विश्वास छ। भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गरेमा घरमा सुख, शान्ति र ऐश्वर्यको वास हुने जनविश्वास रहेको छ।

CP Hospital Dhangadhi

बिहीबार बिहान स्नान गरी शुद्ध भई पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल, चन्दन तथा प्रसाद अर्पण गरेर भगवान विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ। त्यसपछि ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नु शुभ मानिन्छ। शुक्लपक्षको पहिलो बिहीबारबाट यो व्रत प्रारम्भ गर्ने परम्परा रहेको छ, विशेषगरी अनुराधा नक्षत्र परेको दिन सुरु गर्नु अत्यन्त फलदायी मानिन्छ।

Attariya Hospital

धार्मिक मान्यताअनुसार यो व्रत १३ महिना वा कम्तीमा सात महिनासम्म निरन्तर पालन गर्दा भगवान विष्णु र देवगुरु बृहस्पतिको विशेष कृपा प्राप्त भई जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ।

nawajiwan