भजनीमा डल्फिन संरक्षण जनचेतनामूलक अभियान शुरु

Image
Nisarga Hospital

भजनी नगरपालिकासंगको समन्वय,एन.सि.आई.डी.को सहयोगमा बहुउद्धेश्यीय विकास समाज(MPDS) डडेल्धुरा संचालित जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत डल्फीन संरक्षण एंव सम्बद्र्धनका लागि जनचेतनामूलक अभियान कैलालीको भजनी नगरपालिकाको सोनाफाँटाबाट शुरु भएको छ

CP Hospital Dhangadhi
Attariya Hospital

जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत कर्णाली,मोहना,पथरैया र काँढा नदीमा पाईने डल्फीन तथा अन्य जलाचर प्राणीहरुको वारेमा स्थानीय सुमदायलाई जानकारी गराई ती जीवहरुको महत्व,फाईदा र संरक्षणका लागि स्थानीय स्तरमा गर्न सकिने प्रयासहरुको वारेमा जनचेतना जगाउने उद्धेश्यले उक्त अभियान शुरु गरिएको जैविक विविधता संरक्षण कार्यक्रम अन्र्तगत डल्फीन संरक्षण अभियानका स्वयमसेवक गणेश विकले बताउनु भयो ।
त्यस्तै डल्फीन सरंक्षण अभियानका अर्का स्वयमसेवक कृष्णा चौधरीले डल्फीन संरक्षणका लागि कुनै एक व्यक्तिको प्रयासले मात्रै सम्भव नहुने भएकाले समुदायलाई सचेतीकरण गरी सबैको सामूहिक प्रयासवाट डल्फीन संरक्षण गर्न एन.सि.आई.डी. र एम.पि.डी.एस. संस्थाको सहयोगमा घरदैलो,घरभेट,र्याली माईकिग लगायतको जनचेतनामूलक अभियान संचालन गरिएको र यसलाई निरन्तर दिईने बताउनु भयो ।
डल्फीन संरक्षण र्याली अभियानमा भजनी नगरपालिका वडा नं ८ का वडा सदस्य लल्टू चौधरी यस क्षेत्रमा पाईने डल्फीन संरक्षणका लागि संस्थाले संचालन गरेको अभियान अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले उक्त कार्यमा स्थानीय सरकारको तर्फवाट आफूहरु पनि सहयोग साझेदारी गरी कार्यक्रम गर्न तयार रहेको बताउदै डल्फीन संरक्षणका लागि थप कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।
डल्फीन संरक्षण अभियानमा सहभागी एम.पि.डि.एस.का राजेन्द्र रैका ले जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत भजनी नगरपालिकासंगको समन्वय तथा साझेदारीमा डल्फीन संरक्षण सम्वन्धि स्वयमसेवक छनौट, स्थानीय जनप्रतिनधीहरु,भलमन्सा र स्वयमसेवकहरुलाई अभिमुखीकरण बैठक तथा परिचालन,जनचेतनामूलक पोष्टर पम्पलेट,सन्दर्भ सामाग्री,साउण्ड सिस्टम जिंगल तयार र वितरण,डल्फीन संरक्षण सम्वन्धिी होडिग बोर्ड स्थापना लगायत जनचेतनामूलक कार्यक्रमहरु संचालन भैरहेको जानकारी गराउनु भयो ।
उक्त अवसरमा डल्फीन पाईने क्षेत्रका स्थानीय वस्तीमा स्वयमसेवकहरुले बस्ती घरभेट गरी डल्फीन वारेमा अभिमुखीकरण,पोष्टर पम्पलेट वितरण,माईकिग,र्याली भेटघाट जिंगलहरु प्रशारण गरेका थिए ।
कैलालीको कर्णाली,मोहना,पथरैया र काँढा नदीमा लोपोन्मुख डल्फिन पाईने गरिन्छ ।

nawajiwan