मोरक्कोबाट स्युटामा आप्रवासीको लहर, २४ घण्टामा ६० हजार प्रवेश गर्दा ४३ जनाको मृत्यु

Image
Nisarga Hospital

म्याड्रिड: स्पेनको स्वायत्त क्षेत्र स्युटामा पछिल्लो २४ घण्टाभित्र मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेका छन्। आप्रवासीको अभूतपूर्व लहरका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अवस्था नियन्त्रणबाहिर गएको स्थानीय अधिकारीहरूले बताएका छन्।

CP Hospital Dhangadhi

स्युटाका अध्यक्ष जुआन जेसुस भिभासका अनुसार नयाँ प्रवेश गरेका आप्रवासीको संख्या सहरको कुल जनसंख्याको करिब ७० प्रतिशत बराबर पुगेको छ। स्युटाको कुल जनसंख्या करिब ८३ हजार ६ सय रहेको छ। उनले यस अवस्थालाई मानवीय तथा सुरक्षा दुवै दृष्टिले गम्भीर संकटका रूपमा चित्रण गरेका छन्।

स्पेनको सर्वोच्च अदालतले स्युटा र मेलिला पुग्ने क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्काल मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेपछि सीमा पार गर्नेहरूको संख्या एकाएक बढेको बताइएको छ।

nawajiwan
Attariya Hospital

यसबीच स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले घटनालाई “आक्रमण” को संज्ञा दिँदै अनधिकृत रूपमा प्रवेश गरेका सबै आप्रवासीलाई यथाशीघ्र मोरक्को फिर्ता पठाइने बताएका छन्। युरोपेली नेताहरूले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सीमा सुरक्षा थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्।

अधिकारीहरूका अनुसार हालसम्म २५ हजारभन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेका छन्। मोरक्कोको उत्तरी तटमा रहेको स्युटा लामो समयदेखि युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूको प्रमुख प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ।