
अत्तरियाः कैलालीमा सुतिरहेका बेला सर्पले टोकेपछि एक किशोरीको मृत्यु भएको छ। चुरे गाउँपालिका–५ पटेली निवासी गणेश रोकामगरकी १७ वर्षीया छोरी आशा रोकामगरलाई शनिबार राति करिब २:३० बजे सर्पले टोकेको प्रहरीले जनाएको छ।

सर्पले टोकेको थाहा पाएलगत्तै परिवारले उनको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा आइतबार बिहान करिब ८:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवको पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइनेछ।






































