सामाजिक सद्भाव र विपद् तयारीबारे मुख्यमन्त्री शाह–प्रदेश प्रमुख मियाँबीच छलफल

Image
Nisarga Hospital

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबीच शनिबार प्रदेश प्रमुख निवासमा समसामयिक विषयमा भेटवार्ता भएको छ।

CP Hospital Dhangadhi

भेटमा सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक तनावको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमबारे छलफल गर्दै सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्न आवश्यक सतर्कता अपनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

मुख्यमन्त्री शाहले मनसुनका कारण हुन सक्ने विपद् जोखिमलाई ध्यानमा राख्दै प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग गरिएको पूर्वतयारीसम्बन्धी छलफलबारे पनि प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए। उनले विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि प्रदेश सरकार आवश्यक तयारीमा रहेको बताएका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भेटका क्रममा प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, विकास निर्माणका प्राथमिकता तथा समसामयिक प्रदेशगत विषयमा समेत दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ।

Dhnagadhi & Krishanapur