डडेल्धुराको अजयमेरु–२ का ७ अव्यवस्थित परिवार बने जग्गाधनी

Image
Nisarga Hospital

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

CP Hospital Dhangadhi

शनिबार जिल्ला भूमि समस्या समाधान समिति, डडेल्धुराले लालपुर्जा वितरण गर्दै लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका परिवारलाई कानुनी रूपमा जग्गाधनी बनाएको हो।

लालपुर्जा वितरण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति संयोजक अमरबहादुर वलीले सरकारको निर्देशनअनुसार भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वास्तविक अवस्था पहिचान गरी नियमसंगत ढंगले व्यवस्थापनको काम अघि बढाइने बताए।

nawajiwan
Attariya Hospital

उनले समितिले कानुनी प्रक्रिया पूरा गर्दै वास्तविक लाभग्राहीलाई प्राथमिकतामा राखेर लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिने उल्लेख गरे। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ।

लालपुर्जा वितरण कार्यक्रममा अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट, वडा नम्बर–२ का अध्यक्ष शिवराज भट्ट, प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकायाललगायतको उपस्थिति रहेको थियो।