‘सोफीड्रप’को ब्रान्ड एम्बेसडरमा नायक शेखर सुवेदी नियुक्त

Image
Nisarga Hospital

नेपालको उदीयमान अनलाइन व्यापार प्लेटफर्म ‘सोफीड्रप’ले आफ्नो ब्रान्ड एम्बेसडरमा चर्चित नायक तथा मोडल शेखर सुवेदीलाई नियुक्त गरेको छ। डिजिटल व्यापारलाई थप सहज, भरपर्दो र व्यवसायमैत्री बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुवेदीलाई जोडिएको कम्पनीले जनाएको छ। सोफीड्रपले साना-ठूला व्यवसायी र उपभोक्तालाई एउटै डिजिटल थलोमार्फत जोड्दै आएको छ।

CP Hospital Dhangadhi

कम्पनीका अध्यक्ष भुसालका अनुसार व्यवसायीहरूका लागि विभिन्न ७ प्रकारका सदस्यता प्याकेज उपलब्ध गराइएको छ, जसमा अहिले न्यूनतम प्याकेजबाहेक अन्य सम्पूर्ण प्याकेजमा ५० प्रतिशत छुट दिइएको छ। प्रिमियम प्याकेजअन्तर्गत मासिक ६ हजार रुपैयाँमा २ हजार ५ सयभन्दा बढी प्रकारका सामान सूचीकृत गरी बिक्री गर्न सकिनेछ। सामान बिक्री हुनासाथ वास्तविक समयमै (Real-Time) व्यवसायीको खातामा रकम जम्मा हुने प्रणाली लागू गरिएकाले भुक्तानी ढिलाइ हुने समस्या अन्त्य भएको कम्पनीको दाबी छ।

Attariya Hospital

उपभोक्ताका लागि पनि यो प्लेटफर्म उत्तिकै फाइदाजनक रहनेछ। सामान बिक्रीपछि २.५ प्रतिशत बजार व्यवस्थापन शुल्क र ०.५ प्रतिशत रकम उपभोक्ताको ‘रिवार्ड प्वाइन्ट’का लागि छुट्याइनेछ, जसलाई पछि सामान खरिद गर्दा प्रयोग गर्न सकिनेछ। साथै, उपभोक्ताले अनलाइनबाटै वा पसलको ठेगाना हेरेर प्रत्यक्ष पुगेर पनि सामान किन्न सक्नेछन्।

nawajiwan

नवनियुक्त ब्रान्ड एम्बेसडर शेखर सुवेदीले नेपाली डिजिटल व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने र उपभोक्ता तथा व्यवसायीबीच विश्वासको वातावरण बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ।