धनगढीमा मोटरसाइकल दुर्घटना : एक महिलाको मृत्यु, चालक गम्भीर घाइते

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतोपुलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका अनुसार से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ निवासी २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ निवासी ३६ वर्षीय बिनोद चौधरी पनि गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको छ।

nawajiwan

दुर्घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।