
अत्तरिया: कैलालीमा खोलामा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ। आइतबार गौरीगंगा नगरपालिका–८, लिक्मास्थित खोलामा साथीहरूसँग नुहाउन गएका स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराका अनुसार घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































