‘बोक्सी’ आरोपमा कुटपिटपछि मृत्यु भएको पिडित पक्षको दाबी : धरौटीमा छुटेका ७ जनामाथि निष्पक्ष अनुसन्धानको माग

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीकी ५२ वर्षीया जालिनादेवी चौधरीको कुटपिटपछि भएको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना धरौटीमा रिहा भएपछि पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान र न्यायको माग गरेको छ।

CP Hospital Dhangadhi

आइतबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै परिवारजनले जालिनादेवीमाथि ‘बोक्सी’को आरोप लगाएर कुटपिट गरिएको दाबी गरे। उनीहरूका अनुसार असार ३२ गते राति चामल र नुन बोकेर सरिता थरुनीको घर पुगेकी जालिनादेवीलाई त्यहाँ रहेका व्यक्तिहरूले लछारपछार गर्दै कुटपिट गरेका थिए। घर फर्किएपछि शौचालयमा लुकेकी उनलाई फेरि बाहिर निकालेर कुटिएको र सोही रात सुतेकै अवस्थामा मृत्यु भएको परिवारको भनाइ छ।

nawajiwan

Attariya Hospital

मृतकका श्रीमान् राजेन्द्र चौधरीले गम्भीर कुटपिटका कारण श्रीमतीको मृत्यु भएको दाबी गरेका छन्। छोरा रवि चौधरीको किटानी जाहेरीपछि प्रहरीले सात जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तर जिल्ला अदालतले तत्काल अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै जनही एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराका अनुसार अदालतको आदेशअनुसार उनीहरू रिहा भएका हुन्। शव परीक्षणबाट मृत्युको स्पष्ट कारण नखुलेपछि भिसेरा परीक्षणका लागि नमूना नेपालगञ्ज पठाइएको छ। चिकित्सकीय प्रतिवेदनमा मुटु र हातमा चोट देखिएको उल्लेख छ। प्रहरीले थप प्रमाण संकलनसहित अनुसन्धान जारी रहेको जनाएको छ।