सीमा सुरक्षामा उल्लेखनीय योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरीका डीएसपी खड्का सम्मानित

Image
Nisarga Hospital

विराटनगर: साहित्य सरोवर मिडिया प्रा.लि ले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलकबहादुर खड्कालाई सम्मान गरेको छ । सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन उल्लेखनीय योगदान पु¥याएको भन्दै खड्कालाई सम्मान गरिएको साहित्य सरोवर मिडिया का अध्यक्ष रोशन पोखरेलले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

उहाँ अनुसार डीएसपी खड्काले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उच्च व्यावसायिकता, इमान्दारिता र कर्तव्यनिष्ठाका साथ सम्पन्न गर्दै सीमा क्षेत्रमा हुने विभिन्न विकृति तथा विसङ्गति नियन्त्रणमा सक्रिय भूमिका खेलेका छन्। उहाँको कार्यसम्पादनले आम नागरिकमा सुरक्षा निकायप्रति विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गरिएको छ।

Attariya Hospital

उहाँले खड्काको सेवाभाव, समर्पण र राष्ट्रप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि राष्ट्र र समाजप्रति अझ प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।

nawajiwan