रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

Image
Nisarga Hospital

रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा उक्त भूकम्प गएको हो।

CP Hospital Dhangadhi

भूकम्पको धक्का रोल्पासँगै आसपासका छिमेकी जिल्लाहरूमा पनि महसुस गरिएको थियो। रातको समयमा आएको धक्कापछि केही स्थानका स्थानीय घरबाहिर निस्किएका भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन।

Attariya Hospital

सम्बन्धित निकायले भूकम्पबाट कुनै क्षति भए–नभएको विषयमा आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ। नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले यस्ता घटनामा सतर्क रहन र विपद् व्यवस्थापनसम्बन्धी सुरक्षा उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

nawajiwan