कैलालीमा छाडा गाईसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते, गाईको घटनास्थलमै मृत्यु

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गौरीगंगा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा छाडा गाईसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते भएका छन् भने गाईको घटनास्थलमै मृत्यु भएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुपप्र ०१–०१४ प ३४८० नम्बरको मोटरसाइकल सडकमा रहेको छाडा गाईसँग ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ निवासी २३ वर्षीय सुनिल चौधरी घाइते भएका छन्। उनको टाउको, बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ र उपचारका लागि राजीपुरस्थित क्रिष्टिना मेडिकलमा भर्ना गरिएको छ।

nawajiwan
Attariya Hospital

दुर्घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी पोस्ट राजीपुरबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार बुढाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनामा ठोक्किएको छाडा गाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। राजमार्गमा छाडा चौपाया छाडिने समस्या बढ्दै जाँदा यस्ता दुर्घटना दोहोरिन थालेकाले सम्बन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।