१५ बुँदे मागसहित नर्सहरूको प्रदर्शन, ज्योति रानाभाटको आमरण अनशन पाँचौँ दिनमा

Image
Nisarga Hospital

नर्सिङ क्षेत्रका विभिन्न समस्याको समाधान र सुधारको माग गर्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्स ज्योति रानाभाटले नर्सिङ क्षेत्र सुधारका लागि सुरु गरेको आमरण अनशन पाँचौँ दिनमा प्रवेश गरेसँगै देशभरका नर्सहरू ऐक्यबद्धता जनाउँदै सडकमा उत्रिएका हुन्।

CP Hospital Dhangadhi

प्रदर्शनकारीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्य, सुरक्षित कार्य वातावरण तथा नर्सहरूको पेशागत अधिकार संरक्षणलगायत १५ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

Attariya Hospital

प्रदर्शनका क्रममा उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप ल्याऊ’ र ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

nawajiwan

आन्दोलनरत नर्सहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।