रास्वपाको ‘हामी सुन्छौँ’ अभियान साउन २५ देखि सुरु

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिले साउन १३ गते गरेको निर्णयअनुसार अभियान साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट औपचारिक रूपमा सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

अभियानमार्फत नागरिकका विभिन्न समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा संकलन गरी आवश्यक सहजीकरण गर्ने र सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्य राखिएको रास्वपाले जनाएको छ। यसका लागि अभियान सञ्चालन हुने प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका एक सदस्यको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ।

Attariya Hospital

रास्वपाका अनुसार यस अभियानले पार्टी र नागरिकबीच प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउने, जनअपेक्षा बुझ्ने तथा जनतासँगको सम्बन्ध सुदृढ गर्ने विश्वास गरिएको छ। अभियानमा सहभागी भई आफ्ना गुनासा, सुझाव र जिज्ञासा राख्न नागरिकलाई पनि पार्टीले आग्रह गरेको छ।

nawajiwan