समता स्कुलमा स्मार्ट बोर्ड अभियान: अत्तरियाको समता स्कुलबाट सुरु, नगरप्रमुख भट्टबाट सुभारम्भ

Image
Nisarga Hospital

अत्तरिया : समता स्कुलमा आधुनिक प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्मार्ट बोर्ड अभियान सञ्चालन गरिएको छ। सुदूरपश्चिम प्रदेश कैलाली स्थित गोदावरी नगरपालिका-२ मा रहेको समता स्कुलबाट नगरप्रमुख विरेन्द्र भट्टले आज उक्त अभियानको सुभारम्भ गरेका हुन् । उक्त अभियानलाई सफल बनाउन समता स्कुल अत्तरियालाई गरिमा विकास बैंक लिमिटेड तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) माधव प्रसाद उपाध्यायले स्मार्ट बोर्ड सहयोग गरेका स्कुलकी प्रिन्सिपल रितु पाण्डेले बताईन् ।

CP Hospital Dhangadhi

बालबालिकालाई आधुनिक, डिजिटल तथा प्रविधिमैत्री वातावरणमा अध्ययन-अध्यापन गराउने लक्ष्यका साथ सुदूरपश्चिमको कैलालीबाट सुरु गरिएको अभियान २०८५ सम्म कोशी प्रदेश सम्मका हरेक समता स्कुलहरुमा स्मार्ट बोर्ड उपलब्ध गराईने समता एजुकेशन फाउण्डेशनका अध्यक्ष दिपक संजेलको उद्देश्य रहेको समता स्कुल अत्तरियाकि प्रिन्सिपल पाण्डेले जानकारी दिईन् । उनले २६ बर्षदेखिको लामो यात्रा रहेको समता एजुकेशनले कैलालीको अत्तरियामा पनि विगत १० बर्षदेखि न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ भने असाहय, अनाथ र विपन्न वर्गका बालबालिकाहरुलाई निःशुल्क रुपमा अध्यापन गराईरहेको बताईन् ।

Attariya Hospital

अभियानलाई सफल बनाउनका निमित्त सहयोगी स्थानिय ‌सरकार, प्रदेश सरकार, गरिमा विकास बैंक तथा बैंकका सिईओ उपाध्याय, अभिभावक तथा स्थानीय समुदाय लगायत सम्पूर्ण सहयोगीप्रति प्रिन्सिपल पाण्डेले धन्यवाद ज्ञापन गरिन् ।

nawajiwan

अभियानबाट समता स्कुलका विद्यार्थीहरूले आधुनिक प्रविधिमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ । साथै स्थानीय सरकार, शिक्षाप्रेमी, दातृ निकाय तथा सम्बन्धित सरोकारवालालाई अभियानमा सहयोग गर्न समेत अनुरोध गरिएको छ ।