बिहीबार व्रतको महत्त्व : विष्णु–लक्ष्मीको कृपाले धन, विद्या र सुख–समृद्धि प्राप्त हुने विश्वास

Image
Nisarga Hospital

बिहीबारलाई देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको विशेष आराधनाको दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर विष्णु र माता लक्ष्मीको पूजा गरे धन, विद्या, सन्तान तथा सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। परम्पराअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ, र त्यस दिन अनुराधा नक्षत्र परे अझ शुभ मानिन्छ।

CP Hospital Dhangadhi
Attariya Hospital

व्रत गर्ने भक्तजनले बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल र चन्दनले भगवान विष्णुको पूजा गर्ने तथा प्रसाद अर्पण गर्ने चलन छ। त्यसपछि ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। यो व्रत १३ महिनासम्म वा कम्तीमा ७ महिनासम्म निरन्तर पालन गर्नुपर्ने विश्वास छ। श्रद्धा र भक्तिभावका साथ व्रत तथा पूजा गरे भगवान विष्णु र माता लक्ष्मीको कृपा प्राप्त भई घरमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा बढ्ने जनविश्वास रहेको छ।

nawajiwan