देशभर मनसुन सक्रिय, धेरै प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।

CP Hospital Dhangadhi

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा, साथै मधेसका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

विशेषगरी बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशीका हिमाली र पहाडी भूभाग, मधेस तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहने पूर्वानुमान छ।

निरन्तर वर्षासँगै नदी–नाला बढ्ने, पहिरो जाने तथा डुबान हुन सक्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।