हतियार अभावको समाचार झुटो : ट्रम्पको दाबी– ‘अमेरिकासँग पर्याप्त भण्डारण छ’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हातहतियारको पर्याप्त भण्डारण रहेको दाबी गर्दै हतियार अभाव भएको भन्ने समाचारको खण्डन गरेका छन्। आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै उनले विशेष प्रकारका अत्याधुनिक हतियारसमेत पर्याप्त मात्रामा मौज्दात रहेको र उत्पादन पनि तीव्र गतिमा भइरहेको बताएका हुन्।

CP Hospital Dhangadhi

ट्रम्पले आवश्यक परे अमेरिकाले जुनसुकै बेला पर्याप्त हतियार परिचालन गर्न सक्ने उल्लेख गर्दै रक्षा उद्योगले इतिहासकै उच्च दरमा नयाँ उत्पादन इकाई स्थापना गरिरहेको दाबी गरे। उनका अनुसार अमेरिकी रक्षा कम्पनीहरूले निरन्तर उत्पादन क्षमता विस्तार गरिरहेका छन्।

Attariya Hospital

यसैबीच, गोप्य सूचना बाहिर ल्याउने व्यक्तिविरुद्ध कडा कारबाही गरिने चेतावनी पनि ट्रम्पले दिएका छन्। उनले देशको सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना लिक गर्नेहरूलाई “देशद्रोही” को संज्ञा दिँदै उनीहरूको पहिचान गरी कानुनअनुसार कडा सजाय दिलाइने बताएका छन्।

nawajiwan

हालै इरानसँगको द्वन्द्वपछि अमेरिकाको लामो दूरीसम्म प्रहार गर्न सक्ने हतियारको मौज्दात घटेको भन्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका थिए। ट्रम्पको पछिल्लो अभिव्यक्ति ती समाचारप्रति प्रत्यक्ष प्रतिक्रिया र खण्डनका रूपमा आएको हो।