बाजुराको स्वास्थ्य सेवा सुधारका लागि चारबुँदे माग, मन्त्रीसमक्ष ज्ञापनपत्र

Image
Nisarga Hospital

बाजुराको स्वास्थ्य सेवा सुदृढीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हेमराज थापासहितको टोलीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष चारबुँदे ज्ञापनपत्र बुझाएको छ।

CP Hospital Dhangadhi

ज्ञापनपत्रमार्फत जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अपरेशन थिएटर (ओटी) नर्सको व्यवस्था गर्न, लाइफ सपोर्ट एम्बुलेन्स उपलब्ध गराउन, जिल्ला स्तरीय ब्लड बैंक स्थापना गर्न तथा आवश्यक स्वास्थ्य उपकरण, औषधि र स्रोत–साधनको व्यवस्थापन गर्न माग गरिएको छ।

Attariya Hospital

टोलीले दुर्गम भूगोल र सीमित स्वास्थ्य पूर्वाधारका कारण बाजुरावासीले सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पाउन नसकेको उल्लेख गर्दै सरकारले मागहरू शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। ज्ञापनपत्रमार्फत दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी नागरिकलाई आधारभूत तथा विशेषज्ञ सेवा सुनिश्चित गर्न सरकारको विशेष ध्यानाकर्षण गराइएको छ।

nawajiwan