
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मदनचोकस्थित देवु होटलमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बिहीबार साँझ होटलमा छापा मार्दा होटल सञ्चालक ४२ वर्षीय देवबहादुर चन्दसहित ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनास्थलबाट जुवामा प्रयोग भइरहेको नगद ५५ हजार ८० रुपैयाँ र दुई गड्डी तास बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले जुवा तथा तासजस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि सूचनाको आधारमा निगरानी र छापामारीलाई निरन्तरता दिइरहेको जनाएको छ। स्थानीय बासिन्दाले समेत यस्ता गतिविधिले समाजमा नकारात्मक असर पार्ने भन्दै नियन्त्रणका लागि प्रहरीको सक्रियतालाई आवश्यक रहेको बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।






























