२५० रुपैयाँको खरिदले दिलायो १० लाखको उपहार, करदाता प्रोत्साहन योजनाको पहिलो नतिजा सार्वजनिक

Image
Nisarga Hospital

सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा उपहार विजेताको विवरण सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

योजनाअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। उक्त विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ।

यस्तै, सो अवधिमा थप १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले उपहार जितेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो। उपभोक्तालाई अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो।

nawajiwan
Attariya Hospital

कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा १५ जनालाई जनही १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रेरित गर्दै यसले राजस्व संकलन प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

सरकारले कर सहभागिता बढाउन र अनौपचारिक कारोबारलाई नियन्त्रण गर्न यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पहिलो चरणको उपहार वितरणसँगै करदाता प्रोत्साहन योजनाप्रति उपभोक्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।