विजयविरुद्धको सम्बन्धविच्छेद निवेदन पत्नी संगीता सोर्नालिंगमले फिर्ता लिइन्

Image
Nisarga Hospital

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता सी. जोसेफ विजयविरुद्ध पत्नी संगीता सोर्नालिंगमले दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्। शुक्रबार चेङ्गलपट्टु परिवार अदालतमा भिडियो कन्फरेन्समार्फत उपस्थित भएकी संगीताले निवेदन अघि नबढाउने जानकारी गराएपछि अदालतले मुद्दा औपचारिक रूपमा खारेज गरेको हो। करिब १५ मिनेटको सुनुवाइपछि न्यायाधीश सुजाताले निवेदन फिर्ता स्वीकार गरेकी थिइन्।

CP Hospital Dhangadhi

संगीताले सन् २०२६ को फेब्रुअरीमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। निवेदनमा उनले विजयको वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध रहेको आरोप लगाउँदै आफूले लामो समयदेखि मानसिक तथा भावनात्मक पीडा भोग्नुपरेको दाबी गरेकी थिइन्। साथै, विजय सन् २०२१ देखि आफूबाट भावनात्मक रूपमा टाढिँदै गएको र वैवाहिक जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाइएको थियो।

Attariya Hospital

मुद्दा दायर भएपछि विजय र अभिनेत्री तृषा कृष्णनबीचको सम्बन्धबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न अड्कलबाजी भएका थिए। विजय र तृषाले भने त्यस्तो सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्।

nawajiwan

विजय र संगीता सन् १९९९ मा विवाह बन्धनमा बाँधिएका हुन्। उनीहरूका दुई सन्तान छन्। सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएसँगै लामो समयदेखि चर्चामा रहेको उनीहरूको वैवाहिक विवादसम्बन्धी कानुनी प्रक्रिया तत्कालका लागि समाप्त भएको छ।