मल नपाएपछि धनगढी–११ वडा कार्यालयमा किसानले लगाए ताला

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–११ को वडा कार्यालयमा किसानले तालाबन्दी गरेका छन्। धान रोपाइँ सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि खेतीका लागि आवश्यक रासायनिक मल नपाएको भन्दै आक्रोशित किसानले शुक्रबार वडा कार्यालयमा ताला लगाएका हुन्।

CP Hospital Dhangadhi

शुक्रबार मल वितरण हुने जानकारी पाएपछि वडा कार्यालय मातहत रहेका सहकारी संस्थामा किसान बिहानैदेखि पुगेका थिए। तर, आवश्यक मात्रामा मल उपलब्ध नभएपछि उनीहरू आक्रोशित बनेका हुन्। लामो समयदेखि मलको प्रतीक्षामा रहेका किसानले सहकारीबाट पर्याप्त मल नपाएपछि समस्या समाधानका लागि सम्बन्धित निकायलाई दबाब दिन वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

Attariya Hospital

किसानका अनुसार धान रोपाइँ सम्पन्न भएको लामो समय भइसके पनि समयमा मल उपलब्ध नहुँदा धानबाली प्रभावित हुने जोखिम बढेको छ। खेतीका लागि आवश्यक समयमा मल नपाउँदा उत्पादन घट्ने र लगानीसमेत खेर जाने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

nawajiwan

किसानले कृषि सामग्री समयमै उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकार र सम्बन्धित निकायको भए पनि आफूहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन माग गर्दै उनीहरूले तत्काल समस्या समाधान नभएसम्म दबाबमूलक गतिविधि जारी राख्ने चेतावनी दिएका छन्।