कालिकोटको पताँला अस्पतालमा मेडिकल अफिसर र स्टाफ नर्समाथि आक्रमण

Image
Nisarga Hospital

कालिकोटको पताँला गाउँपालिका–९, थिर्पुस्थित पताँला अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको छ।

CP Hospital Dhangadhi

शुक्रबार दिउँसो करिब १ः५० बजे अस्पताल परिसरमा इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले आफूहरूमाथि हातपात गरेको डा. राईनले बताएका छन्। उनका अनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य केही व्यक्तिले अस्पतालभित्रै प्रवेश गरी आक्रमण गरेका हुन्।

Attariya Hospital

डा. राईनका अनुसार मैना बमका १४ र १५ वर्षका दुई छोरा अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। अस्पतालको सेवामा अवरोध हुने भन्दै सुरक्षा गार्डले उनीहरूलाई बाहिर जान आग्रह गर्दा विवाद उत्पन्न भएको थियो।

nawajiwan

विवाद बढ्दै गएपछि बमका छोरासहित अन्य स्थानीयले आफू र स्टाफ नर्स गिरीमाथि हातपात गरेको डा. राईनले बताए। घटनापछि अस्पतालमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप अनुसन्धान तथा संलग्नमाथि कारबाहीको माग गरिएको छ।