इजरायलमा नेपाली कामदारको रोजगारी अवसर रोकियो, नयाँ श्रम सम्झौतामा सरकारको ‘आनाकानी’

Image
Nisarga Hospital

नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले केयरगिभिङ र कृषि क्षेत्रमा नेपाली कामदार लैजान प्रस्तावित नयाँ श्रम सम्झौता अघि बढाउन नेपाल सरकारले हिच्किचाइरहेको आरोप लगाएका छन्। उनका अनुसार सम्झौता कार्यान्वयन भए ठूलो संख्यामा नेपालीले इजरायलमा आकर्षक रोजगारी पाउनेछन्।

CP Hospital Dhangadhi

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै राजदूत बासले इजरायल जानुअघि कामदारले तिर्नुपर्ने १ हजार ५ सय अमेरिकी डलर सेवा शुल्कलाई लिएर नेपाल सरकार अन्योलमा रहेको बताए। उक्त रकम स्वास्थ्य बीमा तथा २४ घण्टा आकस्मिक सेवाजस्ता सुविधाका लागि कानुनी रूपमा अनिवार्य रहेको उनको दाबी छ।

उनले उक्त शुल्क कुनै म्यानपावर कम्पनी, दूतावास वा भ्रष्टाचारसँग सम्बन्धित नरहेको स्पष्ट पारे। इजरायली संसद्ले सन् २००१ मै यससम्बन्धी कानुनी व्यवस्था गरेको भन्दै उनले सबै विदेशी कामदारका लागि समान नियम लागू हुने बताए।

nawajiwan
Attariya Hospital

राजदूत बासका अनुसार इजरायलमा न्यूनतम मासिक पारिश्रमिक करिब २ हजार १ सय अमेरिकी डलर छ। ६३ महिनाको अवधिमा नेपाली कामदारले करिब १ लाख ३० हजारदेखि १ लाख ३२ हजार डलरसम्म आम्दानी गर्न सक्ने उनको दाबी छ। उनका अनुसार खाडी मुलुकमा सोही अवधिमा औसत २५ हजार डलर मात्र कमाइ हुने भएकाले इजरायलको रोजगारी नेपालीका लागि बढी आकर्षक छ।

हाल इजरायलका संस्थागत केयर सेन्टरमा नेपाली कामदार लैजान सीमित कोटा रहे पनि घरमै पुगेर गरिने केयरगिभिङमा नेपालीको माग उच्च रहेको राजदूतले बताए। नयाँ प्रोटोकल स्वीकृत भए धेरै नेपालीले रोजगारी पाउने उनको भनाइ छ।

कृषि र केयरगिभिङ क्षेत्रमा रोजगारीको सम्भावना उच्च भए पनि सेवा शुल्क र सम्झौता प्रक्रियामा देखिएको विवादका कारण अवसर तत्काल कार्यान्वयन हुन नसकेको अवस्था छ।