
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आगामी ४ देखि ५ दिनभित्र पकाउने ग्यासको समस्या समाधान हुने बताएका छन् । सर्वसाधारणलाई अहिले नै खाली सिलिन्डर बोकेर लाइनमा नबस्न र चिन्तित नहुन उनले आग्रह समेत गरेका छन् ।

देशमा ग्यासको कुनै वास्तविक अभाव नरहेको स्पष्ट पार्दै साहले पछिल्लो तथ्याङ्क अनुसार दैनिक ९० हजारदेखि १ लाख सिलिन्डर खपत हुने गरेकोमा हिजोआज दैनिक १ लाखदेखि १ लाख २० हजार वटासम्म सिलिन्डर बिक्री भइरहेको जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागअनुसारकै ग्यास नियमित आपूर्ति भइरहेको र आधा सिलिन्डर वितरण गर्ने नीतिका कारण केही समय प्राविधिक असन्तुलन मात्र देखिएको साहले बताएका छन् ।
































