धनगढीमा मोटरसाइकलको ठक्करबाट युवती घाइते, चालक पनि घाइते

Image
Nisarga Hospital

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन्। मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा शनिबार बिहान सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा धनगढी–६ की २७ वर्षीया उर्मिला जैशी घाइते भएकी हुन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सुपप्र ०१–०१२ प ५५२६ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी जैशीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउको र खुट्टामा चोट लागेको छ।

मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ आदर्शनगरका ४२ वर्षीय हरिसिंह साउँद पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले सडक पार गर्दा विशेष सावधानी अपनाउन तथा तीव्र गतिमा सवारी नचलाउन आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur