सेती अस्पतालका छात्रवृत्ति करारका युरोलोजिष्ट निजी अस्पतालमा शल्यक्रियामा संलग्न

Image
Nisarga Hospital

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत युरोलोजिष्ट डा. अरुण पाण्डे निजी क्षेत्रबाट सञ्चालित केजी हस्पिटलमा शल्यक्रियामा संलग्न भएको पाइएको छ। केजी हस्पिटलमा मिर्गौलाको शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि डा. पाण्डेको निजी अस्पतालमा संलग्नताबारे प्रश्न उठेको हो।

CP Hospital Dhangadhi

मृतक महिलाको शल्यक्रिया डा. पाण्डेसहितको चिकित्सकीय टोलीले गरेको बताइएको छ। डा. पाण्डे १७ चैत २०८१ देखि सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत छन्। उनको करार अवधि आगामी चैत १६ गतेसम्म रहेको छ।

सरकारी छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सकले करार अवधिभर निजी स्वास्थ्य संस्थामा चिकित्सकीय सेवा दिन नपाउने व्यवस्था रहेको छ। ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ ले यस्तो व्यवस्था गरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैबीच, चौधरीको मृत्यु भएपछि मात्रै डा. पाण्डे छात्रवृत्ति करार सेवामै रहेर निजी अस्पतालमा समेत संलग्न रहेको विषय सार्वजनिक भएको हो। घटनाले सरकारी छात्रवृत्ति करार सेवाका चिकित्सकले तोकिएको नियम पालना गरे–नगरेको विषयमा प्रश्न उठाएको छ।

त्यस्तै, शल्यक्रिया बिहीबार दिउँसो करिब १ बजे भएको बताइएकाले उक्त समयमा डा. पाण्डे सेती अस्पतालको सरकारी ड्युटीमा थिए वा थिएनन् भन्ने विषयसमेत छानबिनको दायरामा आएको छ। सरकारी सेवाको समय र निजी अस्पतालमा उनको संलग्नताबारे सम्बन्धित निकायबाट स्पष्ट अनुसन्धान आवश्यक देखिएको छ।

Dhnagadhi & Krishanapur