वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल, पुनः सञ्चालनको बाटो खुल्यो

Image
Nisarga Hospital

वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको प्रयासले प्रारम्भिक सफलता पाएको छ। उद्योगमा पुराना मेसिन, विद्युत् प्रणाली तथा कपडा बुन्ने तानको मर्मतसम्भारपछि सुरु गरिएको परीक्षण उत्पादन सफल भएको हो। लामो समयपछि उद्योग परिसरमा मेसिन चल्न थालेसँगै कपडा बुन्ने तानको आवाज फेरि गुञ्जिएको छ।

CP Hospital Dhangadhi

नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना उपकरण तथा विद्युत् प्रणालीको मर्मत र आवश्यक सरसफाइ गरी परीक्षण उत्पादन सुरु गरिएको हो। परीक्षण उत्पादनबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ।

चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर निरन्तर समस्या र व्यवस्थापकीय कमजोरीका कारण २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द रहेको थियो।

nawajiwan
Attariya Hospital

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मतसम्भार, सरसफाइ तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो। अहिले परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने सम्भावना थप बलियो बनेको छ।

यसैबीच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका तथा बन्द अवस्थामा पुगेका सरकारी उद्योग र संस्थान सुधारको बाटोमा अघि बढेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत पाँचबुँदे प्रगति विवरण सार्वजनिक गर्दै उनले नियत सफा र टिमवर्कमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन्।

उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा सुरु भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख गरेका छन्। सरकारको लक्ष्य यस्ता उद्योगलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउने रहेको उनको भनाइ छ।